arrow

प्रतिनिधि सभा

मन्त्री गुप्ताको 'घुस डिल'बारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ: माओवादी केन्द्र [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
devendras.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको ’घुस डिल’सम्बन्धी अडियोबारे प्रधानमन्त्रीसँग जवाफ माग गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद पौडेलले सरकार भ्रष्टाचार नियन्त्रणमा गम्भीर नभएको आरोप लगाए। उनले यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई सार्वजनिक रूपमा भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिएको स्मरण गराउँदै अहिले पनि त्यसैगरी जवाफदेही बन्न आग्रह गरे।

सांसद पौडेलले भने, "मन्त्रीको घुस डिल बाहिरिएको छ। केपी ओलीजी प्रधानमन्त्री हुँदा पहिले गोकुल बाँस्कोटाजीले राजीनामा दिनुभएको थियो। दुनियाँ अगाडि दुनियाले सुन्नेगरी भन्न चाहन्छु – हामी भ्रष्टाचार गर्दैनौँ। यो भनाइ सम्माननीय प्रधानमन्त्रीज्यूको हो। सभामुख महोदय, शून्य सहनशीलता कहाँ छ? भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता कहाँ छ सभामुख महोदय? लोकतन्त्रको इमानदार शासन प्रणाली कहाँ छ? जसले जे मन लाग्यो त्यही गर्ने, आफ्नो मान्छेले जसो गरे पनि हुने, यही हो लोकतन्त्र? त्यसकारण तत्काल जनताले थाहा पाउनेगरी मन्त्रीहरूको बारेमा आएका कुराहरू के हुन्? प्रधानमन्त्रीले जवाफ दिनको लागि म माग गर्दछु।"

उनले आफ्नो मान्छेले जे गर्दा पनि हुन्छ भन्ने मानसिकताले देश थप सङ्कटतर्फ जाने टिप्पणीसमेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ