arrow

वीपी प्रतिष्ठानमा विरामीले छतबाट हामफाले, कुरुवा भर्‍याङमा झुण्डिएकाे भेटिए

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
BPKHIS-new.jpeg

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा क्यान्सरले छट्पटाइरहेका एक बिरामीले छतबाट हाम फालेका छन् भने एक विरामी कुरुवा अस्पतालको भर्‍याङमा झुण्डिएको अवस्थामा भेटिएका  छन् ।

मोरङको सिजुवा–१ भर भएका गंगा भट्टराईले कुरुवा बसेका चार जना छोराहरुलाई झुक्याएर राति १ बजे पछाडि अस्पतालको छतबाट हाम फालेका प्रहरीले जनाएको छ ।

संगै कुरुवा बसेका छोराहरुले भने बिहान ३ बजे पछि मात्रै थाहा पाएका सुनसरी प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले हाम्राकुरालाई जानकारी दिए । भट्टराई प्रतिष्ठानको प्रशासनतर्फका कर्मचारी हुन् । ५३ वर्षीय भट्टराई घाँटीको क्यान्सरले ग्रसित थिए ।

प्रहरी प्रमुख पोखरेलका अनुसार लामो समय देखि भट्टराई घाँटीको क्यान्सरका कारण छट्पटाइरहेका थिए । भट्टराई भारतको विभिन्न अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा पनि उपचार गराउँदै अाएका थिए  ।  

विरामीका आफन्तले राति १ बजेसम्म शय्यामै रहेका भट्टराई बिहान ३ बजे ब्यूँझेर हेर्दा भुइँमा सलाइन पानीसँगै मृत अवस्थामा फेला परेका बताएका छन् ।

यस्तै, शनिबार मात्रै विरामी कुर्न बसेका झापा तोपगाछि–२ बस्ने ३३ वर्षीय दुर्गा बराइली प्रतिष्ठानको भर्‍याङमै झुण्डिएको भेटिएका थिए । बराईली आफ्नै आमा फूलमाया विकको स्तन क्यान्सरको उपचार गराइरहेका थिए ।

प्रतिष्ठानभित्रै भट्टराई भन्दा करिब ५ घण्टाअघि आत्महत्या गरेका बराइली आमाको कुरुवा बसेका थिए । सर्जरी वार्डमा आमासँगै कुरुवा बसेका बराइलीले शनिबार राति साढे १० बजे आत्महत्या गरेका बताइएको छ ।

उनी प्रतिष्ठानको सर्जरी वार्ड २ नजिकै रहेको दन्त महाविद्यालयको पछाडिको भर्‍याङमा डोरीको पासो बनाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भट्टराई र बराइली दुवैको आइतबार बिहान पोष्टमार्टम भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ