arrow

खोटाङका बासिन्दा पुनःसंरचनाको विषयमा आन्दोलित

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
Khotang-hamrakura.jpg.jpeg
 
 
खोटाङ । स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई बुझाएको खाकाका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका चार गाविसका बासिन्दाले आइतबार विद्यालयहरुमा कालो झन्डा गाडेका छन् । 
 
जिल्लाबाट सर्वसहमतिमा सिफारिस गरिएको महुरेगढी गाउँपालिकालाई हटाएर आयोगले लामिडाँडा गाउँपालिका बनाएको विरोधमा सोही दिनदेखि आन्दोलनरत बुइपा, विजयखर्क, राजापानी र नुनथलाका बासिन्दाले आआफ्नो गाविसका विद्यालयमा कालो झन्डा गाडेका हुन् । विद्यालयको पठनपाठनमा अवरोध नपुग्ने गरी सबै गाविसका विद्यालयमा विरोधस्वरुप कालो झन्डा गाडिएको सङ्घर्ष समितिका संयोजक उदयबहादुर कार्कीले बताए । 
 
आयोगको निर्णयविरुद्ध आन्दोलित बासिन्दाले माथिल्लो सगरमाथा र मध्यपहाडी लोकमार्गमा सञ्चालित यातायातका सवारीसाधन दुई हप्ताअघिदेखि बन्द गर्दै आएकाले जनजीवन प्रभावित भएको छ । जिल्लास्थित राजनीतिक दलले यातायात बन्दको विकल्प खोज्न आग्रह गरेपछि आन्दोलनकारीले साँझ ५ देखि बिहान १० बजेसम्म सञ्चालन सवारी साथ चलाउन दिएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ