arrow

सूचना नदिएको भन्दै तरुण दलले ठोक्यो टुकी संघमा ताला

logo
बिक्रम कार्की,
प्रकाशित २०७३ माघ ९ आइतबार
tarunle-thokyo-tala.jpeg
दोलखा ।   भुकम्प पछि दोलखामा भएका सबै गतिविधीहरुको सूचना नदिएको भन्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले आइतबार दोलखाको पुरानो गैरसरकारी संस्था टुकी संघमा तालावन्दी गरेको छ ।
 
भुकम्प पछिको संक्रमणकालिन समयमा टुकी संघले कर्मचारी नियुक्ति देखि राहत र पुर्नस्थापनामा समेत मनोपरी गरेको र सो को सूचना पारदर्शी रुपमा सार्वजनिक नगरेको भन्दै ताला लगाउन वाध्य भएको तरुण दल दोलखाका अध्यक्ष दावासाङ्गे शेर्पाले जानकारी दिए ।
तालावन्द पछी नेपाली काँग्रेसको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शेर्पाले आफुहरुले विधिको शाषन र प्रचलित ऐन नियमलाई आत्मसाथ गर्दै सुचनाको हक सम्बन्धि ऐन २०६४ बमोजिम १ महिना अघी सुचना माग गर्दा पनि टुकी संघले व्यवास्ता गरेका कारण तालाबन्दी गरी थप आन्दोलनका कार्यक्रम गर्न लागिएको हो ’ ।
 
अध्यक्ष शेर्पाले भने ‘ कर्मचारी छनौट देखी कार्यक्रम सञ्चालन सम्म टुकि संघले कुनै एउटा दलको भर्ति केन्द्र बनाउदै विदेशी दाताको सहयोगलाई दुरुपयोग गरेका प्रशस्त प्रमाणहरु छन् एक एक गरी कार्वाहीको दायरामा ल्याउछौँ ’ ।
 
भुकम्पपछी दोलखाको पुरानो गैह्र सरकारी संस्था भएकाले टुकि संघमा धेरै दातृ निकायहरुले समन्वय गरी कार्यक्रम सञ्चालन गर्दै आएका छन् । पछिल्लो समयमा धेरै कार्यक्रम भएकाले टुकि संघले समुन्वय गर्न नसकेको गैह्र सरकारी संस्थाका जानकारहरु बताउछन् ।
 
यता टुकि संघका कार्यकारी अधिकृत पुर्षाथ श्रेष्ठले तरुण दलले अराजक शैलीमा आफुहरुको कार्यकक्षमा ताला लगाएको बताएका छन् । कामको शिलसिलामा सुचना उपलव्ध गराउन केहि समय ढिला भएको स्वीकार्दै तत्काल आवश्यक परे जिल्ला दैवि प्रकोप उद्दार समितिमा जान आग्रह गरेपनि जर्वजस्ति ताला लगाएको बताए । अधिकृत श्रेष्ठले तत्काल ताला खोली वार्तामा आउन अनुरोध समेत गरेका छन् । 
 
पत्रकार सम्मेलनमा तरुण दल दोलखाका उपाध्यक्ष चित्र तमाङले दोलखामा संघ संस्थाको ज्यादति तिब्र भएकाले अब तरुण युवाहरु चुप लागेर नबस्ने बताएका छन् । 
 
Displaying 16237750_1235542983199904_86671029_n.jpg
के के छन त टुकि संघसँग तरुण दलका मागहरु 
१) त्यस संस्थामा हाल सञ्चालनमा रहेका योजना तथा कार्यक्रमहरुको सम्पूर्ण नामावली, ति कार्यक्रमको बजेटको बिस्तृत विवरण पाउँ । 
२) कार्यक्रमहरुको शिर्षक अनुसारको खर्चको बिस्तृत विवरण पाउँ । 
३) २०७२ बैशाखको भुकम्प पछि त्यस संस्थाबाट के के कार्यक्रमहरु सञ्चालन भए ? ति कार्यक्रमहरु सञ्चालन हुँदा प्रशासनिक खर्च र कार्यक्रमको समग्र खर्च कति भयो ? सो को छुट्टा छुट्टै विवरण पाउँ । 
४) त्यस संस्थामा हाल प्रत्यक्ष रुपमा कार्यरत कर्मचारी कति छन ? कर्मचारीहरुको छनोटको आधार र मापदण्ड के हो ? उनिहरुलाई कस्तो खालको सेवा सुविधा दिईएको छ सो को बिस्तृत विवरण सहितको जानकारी पाउँ । 
५) त्यस संस्थाबाट यातायात खर्चका नाममा कति बजेट खर्च हुन्छ ? मिति २०७३ बैशाख यताको यातायात प्रयोग वापतको प्रत्येक महिनाको मासिक विवरण पाउँ । 
६) त्यस संस्थाले अन्य कुनै संस्था-सहकारी-क्लब लगायतलाई पार्टनर बनाएर केही कार्यक्रम-गतिविधि -वा अभियान सञ्चालन गरेको छ या छैन ?  छ भने तिनिहरुमा बजेट र कार्यक्रमको अवस्था के छ ? सो को हर हिसाब सहित बिस्तृत विवरण पाउँ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ