सरकारका राम्रा-नराम्रा कामको जिम्मेवारी कांग्रेस र एमाले दुवैले लिनुपर्छ: सिटौला [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३२ बुधबार
572
Shares
काठमाडौँ। नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सरकारले गरेका राम्रा र नराम्रा दुवै कामको सम्पूर्ण जिम्मेवारी सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले दुवै राजनीतिक दलले लिनुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले केही राम्रा कामहरू गरेको र सबै काम गर्न नसकेको अवस्था रहेको भन्दै सरकारका गुण र दोष दुवै पार्टीले लिनुपर्नेमा जोड दिए। उनले सरकारले जनताको हितमा कामहरू गर्दै जानुपर्ने आवश्यकता औंल्याए।
सांसद सिटौलाले शिक्षामा तीनै तहका सरकारको विशेष जिम्मेवारी रहेको र त्यो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए। उनले भने, "अहिले देशमा नेपाली कांग्रेस र एमालेको सरकार छ। एमालेको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ। शिक्षा मन्त्रालय एमालेकै साथीहरूले सम्हाल्नुभएको छ। यो सरकारका गुण दोषको सबै जिम्मेवारी हामी दुवै पार्टीले लिनुपर्छ। हामीले केही राम्रा काम गरेका छौँ, सरकारमार्फत। केही गर्न सकेका छैनौँ। गर्दै गरेका छैनौँ त्यो पनि होइन, सबै गरेका छौँ त्यो पनि होइन। जनताका लागि हामीले नै काम गर्ने हो।"
सांसद सिटौलाले शिक्षा विधेयक छिटो टुंग्याउनुपर्छ भन्ने मान्यतामा राजनीतिक दलहरू रहेको पनि जानकारी दिए।