arrow

पर्वतमा पहिरोले घर पुरिँदा वृद्ध दम्पती बेपत्ता, उद्धार कार्य जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
Parbati-hamrakura.jpeg

पर्वत। पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गएराति गएको पहिरोले घर पुर्दा एक वृद्ध दम्पती बेपत्ता भएका छन्। आज बिहान करिब ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती विश्वकर्मा पहिरोमा परेका हुन्।

सोही घरमा रहेकी उनकी बुहारी, ३२ वर्षीया पवित्रा विश्वकर्मा भने पहिरो खस्नासाथ हाम फालेर बच्न सफल भएकी छन्। मोदी–३ का वडा सदस्य सन्तोष विकले दिएको जानकारी अनुसार, स्थानीयवासीहरूले बेपत्ता दम्पतीको उद्धार कार्य जारी राखेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी टोली गइरहेको र पुगेपछि यथार्थ विवरण आउने जानकारी दिएका छन्।

गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ, जसका कारण खोला तथा नदीहरूमा समेत जलस्तर उच्च भएको छ। यो पहिरो पनि सोही वर्षाको परिणाम भएको अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ