arrow

पर्वतको लाङ्दी पहिरो: बेपत्ता दम्पतीको शव फेला पर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
parbat-langdi-pahiro.jpg

पर्वत । पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गएराति गएको पहिरोले घर पुरिँदा बेपत्ता भएका दम्पतीको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती विष्णुमती विश्वकर्माको शव भेटिएको हो।

गए रातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। यसका कारण मोदी, पाती, सेती, मल्याङ्दी, लमाए खोला र कालीगण्डकी लगायतका नदीहरूको जलस्तर बढेको छ।

स्थानीय प्रशासनले नदी तथा खोला किनारका बासिन्दाहरूलाई सचेत रहन आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ