arrow

भित्री मधेसका बाढीपीडित वर्षौंदेखि जङ्गलमा

logo
प्रकाशित २०७३ माघ १० सोमबार
Dadeldhura-hamrakura.jpeg
डडेल्धुरा । डडेल्धुरा भित्री मधेस क्षेत्रका बाढीपीडित विस्थापित भएको वर्षांै बितिसक्दा पनि जङ्गलमा नै बसिरहेका छन् । 
 
बाढीले घर जमिन पूरै बगाएपछि ५९ घरपरिवारको पुनःस्थापना नहुँदा विगत आठ वर्षदेखि जङ्गलमा बास बसिरहेका छन् । सरकारले पुनःस्थापना नगर्दा भित्री मधेसको परशुराम नगरपालिका नजिकैको जङ्गलमा आफूहरुले चिसोमा कष्टकर जीवन भोगिरहेको बाढीपीडितको दुखेसो रहेको छ । 
 
विसं २०६५ मा जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–६ लाई रङ्गुन नदीले बगाउँदा एउटा सिङ्गो गाउँ नै बगरमा परिणत भएको स्थानीय बाढीपीडित भानबहादुर साउदले बताउनुभयो । रङ्गुन नदी र खहरेले आठ वर्ष अगाडि वडा नम्बर– ६ का बस्ती बगाएर बगर बनाउँदै लगेको पीडितले विगत सम्झँदै बताए । 
 
हालसम्म वडा नम्बर ६ का, ठन्नजला, पट्यानी, बिरेपानी, मल्लो सिमलखेतको बस्ती बगरनै रहेकोे साउदले बताउनुभयो । बाढीपीडित भई जाने सर्वसाधारण पुनःस्थापना नहँुदा जङ्गल मासेर बसेका छन् । विभिन्न निकायसँग गुहार माग्दा समेत पुनर्वास हुन नसकेको एक अर्का जङ्गलमा बस्दै आएका पीडित प्रदीप पन्तले बताउनुभयो । विस्थापित भएका परिवारको गणनानै नभएको पीडितको भनाइ रहेको छ । 
 
वडा नम्बर ६ का अढाइ सय घर परिवारमध्ये १५० घरपरिवारको घरखेत बगेर विस्थापित हुनुपरेको थियो । जसमध्येका २०६५ मा बाढीपीडित भएका ५९ घरपरिवारलाई सरकारले पुनर्वास गर्ने भनेको थियो तर अहिलेसम्म उनीहरुको समेत पुनर्वास नभएको स्थानीय बाढीपीडित बिर्खे साउदको भनाइ रहेको छ । 
 
सरकारले भित्री मधेसमा रङ्गुन नदी र खहरेबाट बस्ती संरक्षण गर्न रु एक अर्ब १८ करोडको लगानी तीन वर्षमा पूरा हुने गरी गुरुयोजना लागू गरेको भएता पनि आउ“दो आर्थिक वर्षमा मात्रै वडा नम्बर ६ समेटिने जनाएको छ । गुरुयोजनाको पहिलो चरणको काम जोगबुढा र परिगाउँबाट सुरु भएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ