नयाँदिल्ली । भारतको नयाँदिल्लीबाट राँची तर्फ उडेको बीएसएफको चार्टड विमान विमानस्थलबाट उडेको पाँच मिनेटमै दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा ४ को निधन भएको छ भने ५ जना घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार विमान विहान ९ बजेर ४५ मिनेटमा उडेको थियो । मौसममा खराबीका कारण विमान दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार विमान अचानक घरको पर्खालमा ठोक्किएपछि दुर्घटनामा परेको थियो । दुर्घटनामा विमानमा आगो लागेपछि त्यसको धुवा निकै परसम्म फैलिएको थियो । घटनास्थलको गृहमन्त्री राजनाथ सिंहले अवलोकन गरेका छन् ।