arrow

भुकम्प पीडितको २ करोड लैजान हेलिकोप्टरै लगे सांसदले

भुकम्प प्रभाबित अन्य जिल्लाका लागि उदाहरण

logo
प्रकाशित २०७३ माघ १० सोमबार
Earthquake-Survivor-of-Pakali.jpeg
ओखलढुंगा ।  ओखलढुंगाको दुर्गम तथा पर्यटकीय गाबिस पोकलीका जनताले आफ्नै गाउँमा भुकम्प प्रभाबितको पहिलो किस्ता सोमबार पाएका छन् । हेलिकप्टरमार्फत गाउँमै पैसा पाएपछि उनिहरुले जिल्लाका सभासदलाई धन्यबाद समेत दिएका छन् । ४ सय ६६ घरधुरीलाई ५० हजार रुपैयाँका दरले २ करोड ३३ लाख रुपैयाँ बितरण गरिएको थियो । 
 
दलिय स्वार्थभन्दा माथि रहेर कार्य गरेका कारण हेलिकप्टरमा जनताको घरसम्म पैसा पुराउन सकिएको ओखलढुंगाका काँग्रेस सभासद रामहरी खतिवडाले बताए । आफ्नो ब्यक्तिगत पहलमा हेलिकप्टरको ब्यबस्था मिलाएका सभासद खतिवडाले जनतासँग १ रुपैयाँ पनि नलिएको बताए । उनले ओखलढुंगामा हेलिकप्टरबाटै जनताका घरसम्म पैसा लगिएको  अन्य जिल्लाका लागि उदारहणीय कार्य भएको बताए । कार्यक्रममा एमाले सभासद हर्कबोल राइले घर निर्माणका लागि पाएको पैसा घर निर्माणमै प्रयोग गर्न अनुरोध गर्दै अन्य कार्यमा खर्च नगर्न अनुरोध गरे । 
 
१९ हजार ८ सय १९ घरमा क्षती पुगेको ओखलढुंगा जिल्लाको पोकली गाबिसमा ४ सय ७६ घर धुरीमा क्षती पुगेको छ । १० परिवारको कागजी प्रकृया नपुगेका कारण उनिहरुलाई प्रक्रिया पछिमात्र रकम उपलब्ध गराइने छ । स्वास्थ्य सिबिर, नागरिकता टोली र शुरक्षा निकायका लागि लाग्ने खर्च प्रशासन बाटै बेहोरिने भएको छ । ३ दिन सम्म  घुम्ती स्वास्थ्य सिबिर, नागरिकता टोली पोकली गाबिसमा बस्ने र सर्बसाधारणलाई सेवा प्रदान गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ