arrow

स्पेनमा रोजगारीमा ऐतिहासिक वृद्धि: बेरोजगारी दर सन् २००८ यताकै न्यून

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
spain-rojgari.jpg

काठमाडौँ । स्पेनले रोजगारी सिर्जनामा ऐतिहासिक सफलता हासिल गरेको छ। राष्ट्रिय तथ्याङ्क संस्थानद्वारा बिहीबार जारी गरिएको तथ्याङ्कअनुसार, २०२५ को दोस्रो त्रैमासिकको अन्त्यसम्ममा स्पेनमा २ करोड २२ लाख ७० हजार मानिसहरू रोजगारीमा रहेका छन्। यो अघिल्लो त्रैमासिकको तुलनामा ५ लाख ३ हजार ३ सयले बढी हो भने, जुन २०२४ को तुलनामा ५ लाख ८४ हजार बढी हो।

यो वृद्धिसँगै, स्पेनमा बेरोजगारी २३ लाख ६ हजार १ सयले घटेर २५.५ लाखमा झरेको छ। यसले राष्ट्रिय बेरोजगारी दरलाई १०.२९ प्रतिशतमा पुर्‍याएको छ, जुन २००८ को विश्वव्यापी वित्तीय संकटपछिको सबैभन्दा कम स्तर हो। तथ्याङ्कका अनुसार, स्पेनको कुल जनसंख्या हाल ४ करोड ९० लाख रहेको छ।

स्पेनको रोजगारी दर लगातार तीन त्रैमासिकमा ०.६ प्रतिशतभन्दा बढीले बढेको छ। स्पेनको कुल गार्हस्थ्य उत्पादन २०२५ मा २.५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। यो वृद्धिदर समग्र युरोपेली संघको लागि अनुमान गरिएको १.१ प्रतिशत र युरो क्षेत्रको लागि ०.९ प्रतिशतको वृद्धिभन्दा निकै बढी हो। यसले स्पेनको अर्थतन्त्रमा आएको सकारात्मक सुधारलाई देखाउँछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ