arrow

अनसनकारीकाे माग पूरा गर्न पहल गर्ने सिटौलाको प्रतिवद्धता

logo
प्रकाशित २०७३ माघ १० सोमबार
Sitaula_Party_Office.jpeg
काठमाडौं । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीकार्यालयमा अनसन बसिरहेका सोलुखुम्बु नेपाली काँग्रेसका प्रतिनिधिहरुलाई भेटेका छन् । बिहीबार दिउँसो पार्टी कार्यालयमा पुगेर सिटौंलाले अनसनकारीलाई भेटी उनीहरुको माग पूरा गर्न पार्टी सभापतिसँग पहल गर्नै आश्वासन दिएका थिए । 
 
सिटौलाले जायज माग पूरा गरेर असन्तुष्ट पक्षलाई पनि चित्त बुझाउनु पर्ने भन्दै यसको लागि अनसनरत पक्षको माग पूरा गर्नको लागि सबै पार्टी गम्भीर बन्नुपर्ने बताएका थिए । नेपाली कांग्रेस सोलुखुम्बुको बिधिसम्मत जिल्ला अधिवेशनको माग गर्दै सोमबारबाट सानेपामा रिले अनसन सुरु भएको हो ।  
 
उनीहरुले अधिवेशनका लागि गएका केन्द्रीय प्रतिनिधि र निर्वाचन अधिकृतले चुनावै नगरी फर्किएपनि केही नेताको प्रलोभनमा परी केन्द्रमा विनोद बस्नेतलाई आफूखुसी जिल्ला सभापति घोषणा गरिएकाले विधीसम्मत अधिवेशनको माग गर्न अनसन नै बस्नु परेको अनसनरत जिल्ला सचिव चन्द्र अाचार्यले जानकारी दिए । उनीहरुले विभिन्न ८ वटा मागहरु अघि सारेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ