arrow

चुनावी तयारीमा दलहरुः जनसमाजवादी स्थानीय चुनावमा सहभागी हुने

logo
प्रकाशित २०७३ माघ ११ मंगलबार
janasamajwadi-party.jpeg
काठमाडौँ । जनसमाजवादी पार्टी नेपालले संविधानलाई आलोचनात्मक समर्थन गरी स्थानीय चुनावमा सहभागी हुने घोषणा गरेको छ । पार्टीका अध्यक्ष सुवासराज काफ्लेले राजनीतिक धारणा सार्वजनिक गर्दै उक्त पार्टीले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गरे चुनावमा जाने बताएका छन् ।  
 
उनले नेपालमा धेरै कम्युनिस्ट पार्टी भएको भए पनि जनपक्षीय काम कसैले पनि गर्न नसकेको बताउँदै सो पार्टीले देशमा आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको जनताले अनुभव गर्ने गरी पर्यटनको विकास र ऊर्जा शक्तिको उत्पादन वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे । 
 
राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले विश्वमा कम्युनिस्ट सत्ता प्रतिरक्षामा रहेको बताउँदै नेपाल पनि यो प्रतिरक्षाको शिकार भइरहेको र कम्युनिस्ट नेताले जनताको हितभन्दा पनि व्यक्तिगत स्वार्थको लागि काम गरिरहेकोमा चिन्ता व्यक्त गरे । 
 
पार्टीका उपाध्यक्ष केबी भट्टराईले पार्टीले संविधानलाई आलोचनात्मक कोणबाट स्वीकार गरेको बताउँदै आगामी दिनमा देश र जनताको पक्षमा राजनीतिक गतिविधि सञ्चालन गर्ने बताए । 
 
पार्टीले कुल ६५ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरेको र सात प्रदेशका सात उपाध्यक्ष, एक महासचिवलगायत सबैको जिम्मेवारी पनि तोकिसकेको जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ