arrow

क्यान इन्फोटेकमा अवलोकनकर्ताले नवीन ज्ञान हाँसिल गर्नेछन् : महासचिव बलामी (भिडियो)

logo
प्रकाशित २०७३ माघ ११ मंगलबार
bishworam-balami.jpeg
काठमाडौं । सूचना र प्रबिधिको प्रबर्धन गर्ने उद्देश्यले सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला “सुविसु क्यान ईन्फोटेक २०१७“ आगामी माघ १३ गते देखि १८ गतेसम्म काठमाडौं भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना हुँदैछ । अहिलेसम्मकै सबैभन्दा लामो समयसम्म निरन्तरता दिन सकेको सूचना तथा प्रविधि क्षेत्रको यस मेलामा यस क्षेत्रका नविनतम बस्तु तथा सेवाहरु अवलोकनकर्ताले अवलोकन गर्न सक्नेछन् ।
 
क्यान महासंघले यही मेलासँगै क्यान आई.सी.टी कन्फेरेन्स माघ १६ र १७ मा सोल्टी क्राउन प्लाजामा गर्ने तयारी पनि गरिरहेको छ । उक्त कन्फ्रेन्समा इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी फर सस्टनेवल डेभलपमेन्ट, स्मार्ट सिटी, स्मार्ट भिलेज र कम्युनिटी स्मार्ट एग्रिकल्चर, स्मार्ट एजुकेशन, स्मार्ट हेल्थ विषय वस्तुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुबाट कार्यपत्र पेश गर्ने समेत तयारी रहेको छ । 
 
ईन्फोटेकमा अवलोकन शुल्क वापत साधारणहरुलाई प्रवेश शुल्क सय र विद्यार्थीहरुलाई ५० रुपैया तोकिएको छ भने माघ १६ गते आईतबारको दिनलाई  भने विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकन कर्ताहरुको लागि सय रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । इन्फोटेकमा सरकारी विद्यालयहरुबाट लिखित अनुरोध आए  विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरिएको बताईएको छ । 
 
लामो समय देखि सूचना प्रबिधि क्षेत्रमा सकृय बिश्व राम बलामीको टेलिकम्युनिकेशन सेक्टरमा राम्रो अनुभव रहेको छ। स्वस्तिक डिस्ट्रिव्युसन प्रालिका कार्यकारी निर्देशक रहेका बलामी क्यान महासंघका महासचिव समेत हुन् । एक दशक अघिदेखि क्यानको कार्यसमितिको विभिन्न पदमा रहेर काम गरिसकेका बलामीसँग १३ माघ देखि सुरु हुने क्यान इन्फोटेकसँग सम्बन्धित रहेर हाम्राकुराका लागि सुदर्शन अर्यालले गरेको कुराकानीको सम्पादित अंश । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ