arrow

अज्ञात समूहले गरेको आगजनीले फार्म र सात सय कुखुरा खरानी

logo
प्रकाशित २०७३ माघ ११ मंगलबार
kukhura-kharani.jpeg

दाङ । सल्यानको लुहाम बजारमा अज्ञात समूहले कुखुरा फार्ममा आगजनी गरिदिएको छ । स्थानीय कुखुरा पालक महेन्द्र श्रेष्ठले सञ्चालन गरेको एकिकृत शुभलक्ष्मी कुखुरा फार्म लुहामा सोमबार राति नचिनेका व्यक्तिको समूहले आगजनी गर्दा झण्डै ७ सय बढी कुखुरा र फार्म जलेको हो ।

श्रेष्ठ परिवार छिमेकीको विवाहमा गएको मौका छोपी रातको ८ बजेतिर आगो लगाइएको स्थानीयले बताएका छन् । आगजनीले झण्डै १० लाख बराबरको क्षति भएको पीडित परिवारको भनाई छ ।

आगजनीमा संलग्न भन्दै प्रहरीले १ व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय लुहाका प्रहरी नायब निरिक्षक लक्ष्मण डाँगिले जानकारी दिए । यसअघि पनि श्रेष्ठको निवासमा अज्ञात समूहले आगजनीको प्रयास गरेको बताइएको छ ।

Image may contain: sky, outdoor, nature and water



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ