रुपन्देही-३ को उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १६ शुक्रबार
764
Shares
काठमाडौँ। निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरूलाई दल दर्ता गर्न आह्वान गरेको छ।
आयोगले आज सूचना जारी गर्दै साउन २१ देखि २७ गतेसम्म आयोगको केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको छ।
उपनिर्वाचनको कार्यतालिका
आयोगले उपनिर्वाचनका लागि कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ।
उम्मेदवार मनोनयन: असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा। सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ।
अन्तिम नामावली प्रकाशन: असोज २४ गते।
मतदान: कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा।
यस उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरू भने उम्मेदवार बन्न नपाउने आयोगले स्पष्ट पारेको छ।