arrow

गुट उपगुठको राजनीति त्यागेर अस्तित्वको लडाइ लड्न सांसद पुनको आग्रह

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ माघ ११ मंगलबार
samsad-puns.jpeg
लिबाङ (रोल्पा) । नेपाली कांग्रेसका सांसद अमरसिंह पुनले कर्मचारीहरुले गुट उपगुटको राजनीति त्यागेर पेशागत हक हितका लागि अस्तित्वको लडाइ लड्नुपर्ने बेला आएको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन संघको आयोजनामा रोल्पाको लिबाङमा मंगलबार सम्पन्न अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो बताएका हुन्  । 
 
सांसद पुनले कर्मचारीहरु राजनीति भन्दा माथि उठेर पेशागत मर्यादालाई कायम राख्दै मर्कामा परेका कर्मचारीहरुको पक्षमा काम गर्नुपर्ने बताए । यसैवीच उनले नेपाल निजामती कर्मचारी युनियन (संघ) नेपाली कांग्रेसको शुभेच्छुक संस्था भएको हुँदा युनियन संघमा आबद्ध कर्मचारीहरुले कांग्रेसलाई पनि सकारात्मक मोडमा लैजाने भूमिका निर्बाह गर्नुपर्नेमा जोड दिए । 
 
यस्तै कार्यक्रमका  विशिष्ट अतिथि नेपाल निजामती कर्मचारी युनियन (संघ) का केन्द्रिय सदस्य एवम् पूर्व बरिष्ठ उपाध्यक्ष गोपालप्रसाद पोख्रेलले आगामी फागुन २२, २३ र २४ गते पोखरामा हुन गइरहेको सातौं महाधिवेशनलाई सफल पार्नका लागि मन, बचन, र कर्मले एकताका साथ अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले युनियन (संघ)को एकता हुँदा भएको ११ बुदे सहमतीलाई ब्यवहारमा उतार्न कालागि रोल्पा आएको जानकारी दिए । यसैवीच पोख्रेलले आफू सातौं अधिवेशनको अध्यक्षको प्रत्यासी भएको समेत जानकारी गराए ।
 
कार्यक्रममा आधिकारिक ट्रेड युनियन रोल्पाका अध्यक्ष मदन गौतमले तोकिएकै समयमा महाधिवेशन हुनपर्ने र जिल्लामा अहोरात्र खटिरहेका कर्मचारीहरुको समस्यालाई केन्द्रले सम्बोधन गर्नुपर्नेमा जोड दिए  । 
 
अन्तरक्रिया कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै कर्मचरी युनियन (संघका) कार्यबाहक अध्यक्ष हेमन्तराज आचार्यले कर्मचारीहरु एक अर्काका वीचमा गुटबन्दी गर्ने फुट्ने काम नगरी एक ढिक्का भई अघि बढ्नु पर्नेमा जोड दिए ।
 
कार्यक्रममाका लागि युनियन (संघ)का केन्द्रिय सदस्यहरु सुरेन्द्रप्रसाद अधिकारी, सुवास कोइराला, शान्तराज अधिकारी, उत्तम कटुवाल, जयश्वर पन्थी, यज्ञबहादुर वली, राजकुमार थापा लगाएतको टोली रोल्पा आइपुगेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ