ललितपुर । ललितपुर महानगरपालिका–१५ मा अवस्थित ऐतिहासिक लगख्यः हिटीको सरसफाइ गरिएको छ । मल्लकालमा निर्माण गरिएको उक्त हिटीको विसं २०५० मा स्थानीय समुदाय र ललितपुर महानगरपालिकाको सहकार्यमा पुनःनिर्माण गरिएको थियो ।
हाल ललितपुर महानगरद्वारा हिटीको सरसफाइ तथा पुनःसंरचना कार्य भइरहेको छ। जीर्ण अवस्थामा पुगेको हिटीबाट झार हटाई इट्टा मिलाउने काम भइरहेको छ।
तल्लो भागमा जमेको हिलो सुकाएपछि निकाल्ने योजना बनाइएको छ। ढल निकास अवरुद्ध भएकाले हिलो जम्ने समस्या देखिएको छ, जसले पानी पर्ने बेलामा थप चुनौती उत्पन्न गर्न सक्छ।