arrow

खोटाङमा माइक्रोबस दुर्घटना: एक जनाको मृत्यु, १७ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १९ सोमबार
Accident-sign.jpg

खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौँठेखोलामा भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। त्रिधार्मिकस्थल हलेसी दर्शन गरेर सिरहाको गोलबजारतर्फ फर्किँदै गरेको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो।

दुर्घटनामा सिरहा नराह गाउँपालिका–५ की २८ वर्षीया ममतादेवी यादवको मृत्यु भएको हो। उनी माइक्रोबसभित्रै च्यापिएकी थिइन् र उपचारका लागि उदयपुरको कटारी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

घाइते हुनेहरूमा अधिकांश सिरहा र धनुषाका बासिन्दा छन्। उनीहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। दुर्घटनामा सामान्य घाइते भएकाहरूको भने उपचारपछि डिस्चार्ज गरिएको छ।

माइक्रोबसका चालक, सिरहा नगरपालिका–३ का २८ वर्षीय रामनाथ साह फरार छन्। उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ