arrow

बालुवाटार समझदारी : सत्ताधारीले मोर्चा र मोर्चाले सत्ताधारीलाई शंका नगर्ने रे !

कल्ले के भने ?

logo
व्यूराे,
प्रकाशित २०७३ माघ ११ मंगलबार
baluwatar-sandhyakalin-baithak.jpeg

काठमाडौं । सत्तारुढ दल र मधेशी मोर्चाका शीर्ष नेताहरुको बैठकले सहमति जुटाएरै संविधान संशोधन, स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन र निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको गरेको छ ।

प्रधानमन्त्रीको निवास वालुवाटारमा बसेको बैठकले सत्ता पक्ष, प्रतिपक्षी दल र मधेश केन्द्रित दलहरुबीच सहमति गरी निर्वाचनको कार्यविधि बनाएर मात्रै निर्वाचन प्रक्रिया थाल्ने निर्णय गरेको बताइएको छ ।

बैठकमा सहभागि तराई मधेस सदभावना पार्टीका संगठन सचिव पेशल ढकालले हाम्राकुरासँग बैठकमा भएको छलफलबारे कुरा गर्दै भने, ‘झण्डै हामीले ४ घण्टा छलफल गरेका थियौं । छलफल सकारात्मक भयो । अब यो संवादको शिलशिला जारी रहने समझदारी भएको छ ।’

‘बैठकमा महत्वपूर्ण त, अब हामीले सत्ताधारी दल र सत्ताधारीले हामीलाई शंका नगर्ने सहमति भएको छ’, ढकालले अगाडि भने, ‘हामीले भन्यौं शंका नगर्नुस् । हामीलाई विश्वास गर्नुस् । केही कन्फ्यूजन भए सोध्नु्स् । सम्वाद नटुटाउनुस् ।’

बैठकले सरकार गठनताका भएको ३ बुँदे सहमतिलाई पूर्ण कार्यान्वयन गर्ने र परिमार्जन सहित संविधान संशोधन प्रस्ताव कसरी पारित गर्न सकिन्छ भन्नेमा निकै बेर छलफल भएको ढकालले बताए ।

चुनावमा जाने मनस्थिति बनाइसक्नु भा हाे ?
ढकालले भने, ‘बैठकमा काँग्रेस र माओवादी दुवै दलबाट पहिले चुनावमा जाँऔं संशोधनलाई सहमतिकै आधारमा अघि बढाउँला भन्ने प्रस्ताव आयो । तर हामीले संशोधन नभई निर्वाचनमा जान नसकिने बतायौं ।’ चुनाव पनि जरुरी छ । सत्ताधारीलाई टेन्सन छ हामीले सबै बुझेका छौं, ढकालले अगाडि थपे, ‘सरकार गठन गर्दा गरेको विश्वासलाई कायम राख्न ३ बुँदे कार्यान्वयन हुनु पर्ने हाम्रो अडान हो । त्यत्रो आन्दोलन गरेर प्राप्त उलब्धि धरापमा पारेर हामी चुनावमा जान सक्दैनौँ भन्ने हो ।’

संशोधनको मिलन विन्दु के हो, तपाईहरु कति छोड्ने ? कति राख्ने ?
ढकाले संशोधनमा सकेजति लचक हुने बताए । संशोधनमा लचक त हुर्नै पर्छ, उनले भने, ‘आन्दोलनले दिएको म्यान्डेड अलपत्र पार्ने कुरा हुँदैन । जति सकिन्छ लचक भइन्छ ।’ यो यो विषय छोड्ने भन्नेकुरा सबै पक्षबीचको सहमतिपछि भन्ने कार्यविधिले निर्धारण गर्ला ।

प्रधानमन्त्रीले के भन्नु भो ?
प्रधानमन्त्री पुष्पकमल दाहालको भनाई उदृत गर्दै नेता ढकालले मधेशी मोर्चालाई नसोधी चुनावको मिति घोषणा गर्दिन भन्नु भएको छ, भने । प्रधानमन्त्रीले चुनावमा सघाउनु भन्नु भो, ढकालले भने, ‘विचरा उहाँहरुलाई पनि टेन्सन छ ।’ सत्ता सम्हाल्नु छ । हामीले ३ बुँदे कार्यान्वयन भएन भने सम्बन्ध खत्तम हुन्छ भनेका छौं, ढकालले अगाडि भने, ‘उहाँहरुले शहीद घोषणा गर्न बाँकी, घाइतेको उपचार लगायतका विषय प्रक्रियामा गइ काम भइरहेको बताउनु भएको छ । हामी त्यतिकै बसेका छैनौ भनेर भन्नु भएको छ । बैठकमा ति विषयमा पनि छलफल भएको छ ।’

पुनःसंरचना आयोगको प्रतिवेदन सच्याउन माग
मधेशी मोर्चाका नेताहरुले पुनःसंरचना आयोगले काठमाडौंमै बसेर प्रतिवेदन तयार पारेको आरोप लगाएका छन् । बैठकमा आफुहरुले सरकारले दिएको टिओआर अनुसार आयोगले काम नगरेको भन्दै प्रतिवेदन सच्याउन माग गरेको नेता ढकालले हाम्राकुरालाई बताए ।
यस्तै, काँग्रेस नेताहरुले पनि पुनःसंरचना आयोगको प्रतिवेदन संशोधन गर्नु पर्ने धारणा राखेका छन् ।

काँग्रेसले के भन्यो ?
संसदको सबैभन्दा ठूलो दल काँग्रेसले सुरुमा निर्वाचनमा नै जाऔं भनेको ढकालले बताए । उनले भने, ‘काँग्रेसका रामचन्द्र जी, विमलेन्द्र जी, रामशरण जी हुनुहुन्थ्यो ? उहाँहरुले पहिले निर्वाचनमा जाऔं अनि पछि अर्को संशोधन हालेर संविधान संशोधन गरौँला । एमालेलाई मिलाउनु छ, भन्नु भयो ।’

यद्यपि, आफुहरुले आन्दोलनको म्यान्डेडलाई नकुल्चिने बताएको ढकालले सुनाए । उनले थपे, ‘एमालेलाई मनाउने जिम्मा त संसदको ठूलो दल भएको हैसितले तपाईहरुको हो । तपाइहरुलाई भोलि जनताले विश्वास गर्ने आधार पनि त्यही हो । तपाईहरुनै त्यसो भन्नु हुन्छ भने अरुले के भन्लान् – हामीले भन्यौं ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ