arrow

अञ्जनीकुमारको हत्या आरोपमा कान्छी श्रीमतीसहित पाँच सार्वजनिक

logo
प्रकाशित २०७३ माघ १२ बुधबार
crime.jpeg
गौशाला । महोत्तरीको हतिसर्वा–८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रलाई हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले मृतककी पत्नीसहित पाँच जनालाई सार्वजनिक गरेको छ । 
 
जिल्ला प्रहरी कार्यालय, महोत्तरीले मिश्र हत्याकाण्डमा संलग्न रहेका आरोपी हतिसर्वा–८ बस्ने मृतककी पत्नी २२ वर्षीया ज्योती मिश्रा, धर्मपुर–६ बस्ने ३१ वर्षीय फिरोज कवारी, धमौरा–१ बस्ने ३७ वर्षीय तुफान नट अन्सारी, बगडा–७ बस्ने ४४ वर्षीय गङ्गाराम दास र महोत्तरी गाविस–७ बस्ने २९ वर्षीय कुवेर राउतसहित पाँच जनालाई सार्वजनिक गरेको हो । 
 
हत्याको छानबिन गर्न प्रहरीको विशेष टोलीले स्थानीयवासीको सहयोगमा उनीहरुलाई घरबाट पक्राउ गरी कर्तव्यज्यान मुद्दा चलाई हत्या भएको १० दिनपछि सार्वजनिक गरेको हो । 
 
ज्योती मृतक अन्जनीकी कान्छी श्रीमती हुन् छन् भने कुवेर काकाससुरा हुन् । फिरोज र तूफान जनतान्त्रिक तराई मुक्तिमोर्चा, ज्वाला समूहमा सक्रीय रही अपहरण, लुटपाट, चन्दा आतङ्क र हत्या गर्ने किलरका रुपमा काम गर्ने रहेको प्रहरीको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रवीन्द्र खनालले बताए । 
 
उनका अनुसार हत्याको प्रमुख कारण यौनसम्बन्ध र सम्पत्ति नै रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 
 
वैदेशिक रोजगारीबाट तीन महिनाअघि मात्र घर फर्केका मिश्रको नाममा पाँच बिघा जग्गा रहेको छ । 
 
मिश्रलाई गत पुस २९ गते शुक्रबार राति ८ बजे उनीहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ