मोदी भन्छन् – किसानको हितविरुद्ध कुनै सम्झौता हुँदैन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
1.3k
Shares
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किसानको हित नै आफ्नो अहम् उद्धेश्य रहेको बताएका छन् । बिहीबार दिल्लीको एमएस स्वामीनाथन शताब्दी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै भने, ‘मलाई थाहा छ व्यक्तिगत रुपमा मलाई ठूलो मूल्य चुकाउनु पर्छ तर म यसका लागि तयार छु ।’
उनले आफ्ना किसान, परिपालक र माझीहरुका विरुद्धमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे । उनले अमेरिकाले भारतमाथि ५० प्रतिशत कर लगाउने निर्णय गरेको एक दिनपछि सो भनाइ जारी गरेका हुन् ।
यद्यपि उनले अमेरिकी उक्त करको बारेमा केही नबोलिकनै किसानको हितको कुरा गरेका हुन् ।
भारतबाट अमेरिका जाने सामानमा बिहीबारदेखि २५ प्रतिशत कर लागेको छ । त्यस्तै आगामी २७ अगष्टदेखि २५ प्रतिशत फेरि थप हुनेछ ।
यसले अमेरिकी बजारमा भारतीय सामग्री थप महँगो हुनेछ ।
भारत विश्वकै सबैभन्दा बढी दूध उत्पादन गर्ने देश हो । यो क्षेत्रमा करोडौँ भारतीय साना साना किसान जोडिएका छन् ।
भारतीयहरु शुद्ध शाकाहारी दूध उत्पादन चाहन्छन् । अमेरिकामा भने डेरी उत्पादनमासमेत जनावरको हड्डीबाट बनेको इन्जाइमको प्रयोग भएको दाबी गरिएको छ ।
अमेरिकाले भारतमा आउन पाए भारतीयले दिनेभन्दा सस्तोमा दिने दाबी गरिरहेको छ । यसले स्थानीय किसानलाई नोक्सान हुने पनि भारतको भनाइ छ ।