arrow

मोदी भन्छन् – किसानको हितविरुद्ध कुनै सम्झौता हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
modi-25-8-7.jpg

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किसानको हित नै आफ्नो अहम् उद्धेश्य रहेको बताएका छन्  । बिहीबार दिल्लीको एमएस स्वामीनाथन शताब्दी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै भने, ‘मलाई थाहा छ व्यक्तिगत रुपमा मलाई ठूलो मूल्य चुकाउनु पर्छ तर म यसका लागि तयार छु ।’

उनले आफ्ना किसान, परिपालक र माझीहरुका विरुद्धमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे । उनले अमेरिकाले भारतमाथि ५० प्रतिशत कर लगाउने निर्णय गरेको एक दिनपछि सो भनाइ जारी गरेका हुन् । 

यद्यपि उनले अमेरिकी उक्त करको बारेमा केही नबोलिकनै किसानको हितको कुरा गरेका हुन् । 

भारतबाट अमेरिका जाने सामानमा बिहीबारदेखि २५ प्रतिशत कर लागेको छ । त्यस्तै आगामी २७ अगष्टदेखि २५ प्रतिशत फेरि थप हुनेछ । 

यसले अमेरिकी बजारमा भारतीय सामग्री थप महँगो हुनेछ । 

भारत विश्वकै सबैभन्दा बढी दूध उत्पादन गर्ने देश हो । यो क्षेत्रमा करोडौँ भारतीय साना साना किसान जोडिएका छन् । 

भारतीयहरु शुद्ध शाकाहारी दूध उत्पादन चाहन्छन् । अमेरिकामा भने डेरी उत्पादनमासमेत जनावरको हड्डीबाट बनेको इन्जाइमको प्रयोग भएको दाबी गरिएको छ ।

अमेरिकाले भारतमा आउन पाए भारतीयले दिनेभन्दा सस्तोमा दिने दाबी गरिरहेको छ । यसले स्थानीय किसानलाई नोक्सान हुने पनि भारतको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ