arrow

‘दलहरू अन्तिम समयमा मिल्ने इतिहास छ’

५ नम्बर प्रदेशमा पहाडी जिल्लाहरू पनि राख्नुपर्छ: मन्त्री खाँड

logo
शरद रेग्मी
प्रकाशित २०७३ माघ १२ बुधबार
Balkrishna_Khand.jpeg
दाङ। रक्षा मन्त्री बालकृष्ण खाँडले सवै दललाई मिलाएर वर्तमान राजनितिक गतिरोधको अन्त्य गरिने बताएका छन्।
 
रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले आज तुल्सीपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खाँडले सवै दललाई सहमतिमा ल्याएर संबिधान संशोधनतथा स्थानिय निकायको निर्वाचन गरिने बताएका हुन्।
 
नेपालमा दलहरु अन्तिम समयमा आएर मिल्ने ईतिहास वनेको उल्लेख गर्दै मन्त्रि खाँडले वर्तमान राजनितिक निकास निकाल्नका लागी पनी चाडै सहमति हुने बताए। देशको बिकास र वर्तमान निकासबाट अगाडि बढाउनका लागि दलहरुकाबीचमा सहमति हुनुको बिकल्प नरहेको उनको भनाई रहेको छ।
 
संबिधान संसोधन प्रस्तावमा अन्तिम समयमा सहमति हुनेमा उनले विश्वास समेत ब्यक्त गरे। अर्को प्रशंगमा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य समेत रहेका मन्त्री खाँडले प्रदेश नम्वर ५ मा पहाडी जिल्लाहरुलाईपनी राखिनुपर्ने धारणा राखे ।
 
उनले लुम्बिनिको बिकासका लागी र लुम्विनिको गरिमालाई अझै उचो राख्नका लागी पनी प्रदेश नम्वर ५ बाट लुम्विनिका पहाडी जिल्लाहरुलाई छुटाउन नहुने आफनो ब्यक्तिगत धारणा रहेको समेत बताए।
 
लुम्विनि बिश्वको केन्द्र भएको भन्दै यसलाई अझै माथि उठाउन लुम्विनिका पहाडि जिल्लाहरुलाई संगै राख्नु पर्नेमा जोड दिए। यद्धपी मन्त्री खाँडले यो बिषयमा पार्टीमा तथा सरकारमा समेत कुरा राखेको भन्दै पार्टीले गर्ने निर्णय भने आफुले मान्ने बताए। आफु काग्रेसको सच्चा सिपाही भएको भन्दै काँग्रेस र नेपाल आफुले कहिल्यै छोड्न नसक्ने समेत  बताए।
 
रिपोटर्स क्लव नेपाल दाङका सभापति शरद रेग्मीको सभापतित्वमाा सम्पन्न साक्षात्कारमा बोल्दै खाँडले देशको गरिमालाई उच्च राख्न नेपाली सेनाले खेलेको भुुमिकाको उच्च प्रशंसा समेत गरे।
 
नेपाली सेनाले सिमाको रक्षाका साथै नेपालको परिवर्तलाई आत्मसाथ गरि अगाडि वढेको भन्दै देशको बिकासमा समेत नेपाली सेनाको भुमिका महत्वपुर्ण रहेको बताए। मुलुकमा भएका २ वटै सविधान सभाको निर्वाचनमा नेपाली सेनाले महत्वपुर्ण भुमिका निर्वाह गरेको समेत बताए।
 
उनले नेपाली सेनाले ठुला ठुला दैवि प्रकोपको ब्यवस्थापन तथा अन्तराष्ट्रिय मिशनमा समेत विश्वको छैठौ सेनाको रुपमा आफुलाई स्थपित गरेको भन्दै त्यसले नेपाल र नेपालीको शिर उचो बनाएको बताए।
 
क्लबका सल्लाहकार नारायणि रजौरेको स्वागत मन्तब्यबाट शु्रु भएको कार्यक्रमको संचालन क्लवका सचिव बिमल गौतमले गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ