जरेखेतमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध, सुरक्षाकर्मी परिचालन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
837
Shares
तस्बिर फाइल
मलेखु (धादिङ)। धादिङको गल्छी गाउँपालिका–६, जरेखेतमा पहिरो खसेका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। रुखसहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी यातायात ठप्प भएको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले पहिरो हटाउन उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन्। पहिरोका कारण काठमाडौँतर्फ जाने सवारीसाधन गजुरीमा र मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन्।
लगातारको वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।