arrow

गोली प्रहार र कुटपीट पछि लुट : दाहिने खुट्टा गोलीले छेड्यो,देब्रे खुट्टा रडले भाँचिदिए

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ माघ १२ बुधबार
gun-1.jpg.jpeg

विराटनगर । वुधबार दिनदहाडै खोला छेउमा ढुकेर बसेको लुटेरा समूहले कर्सियामा वित्तिय संस्थाका एक कर्मचारीलाई गोली प्रहार गरेर २ लाख बढी लुटपाट गरे । लुटेराले वित्तिय संस्था जीवन विकास समाजका कर्मचारी ३५ वर्षीय घनश्याम बहरदारलाई गोली प्रहार गरेर २ लाख बढी लुटपाट गरेका हुन् ।

कर्सियाको पश्चिमचर्फ रहेको खोला छेउमा ढुकेर बसेका चार लुटेराल बहरदारलाई गोली मात्र हानेनन् । उनलाई फलामको  रडले कुटपीट समेत गरेको बताइएको छ । बहरदारले दादरबेरीयाबाट संकलन गरेको रकम लुटेर फरार भएको जीवन विकास समाजका फिल्ड सहायक रविन्द्र नारायण ठाकुरले जानकारी दिए ।

गोली र रड प्रहारले घाइते भएका बहरदारको विरानगरस्थित विराट अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक फणिन्द्र मण्डलले बहरदारको दाहिने तीघ्रामा गोली लागेको बताए । रड प्रहारका कारण उनको देब्रे तीघ्रा समेत भाँच्चिएको मण्डलले जानकारी दिए । उपचाररत बहरदार खतरामुक्त रहेको चिकित्सक मण्डलले बताए ।

गोली लागेर घाइते भएका बहरदारलाई आफन्तले विराट अस्पतालसम्म ल्याएको पीडितकी पत्नी बबिता बहरदारले जानकारी दिइन् । मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले चार लुटेरा मध्ये १ जनालाई नियन्त्रणमा लिइएको र तीन जनाको खोजतलास तीब्र पारिएको जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ