arrow

अमेरिकासँगको सम्बन्ध शीघ्र सुधार हुनेमा रुस ढुक्क

सम्बन्ध नयाँ शिराबाट नविकरण हुने विश्वास

logo
प्रकाशित २०७३ माघ १२ बुधबार
USA-Russia.jpeg
मस्को । अमेरिकासँग वर्तमानमा चिसिएर रहिरहेको दौंत्य सम्बन्ध राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भए सँगसँगै शीघ्र सुधार हुनेमा रुस ढुक्क भएको रुसी विदेश मन्त्री सर्गेइ लाभरोभले बताएका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी हुनासाथ उच्चस्तरीय रुसी नेता, अधिकारी तथा आम जनताहरुले अपार हर्ष प्रकट गरेकामा अमेरिकासँगको सम्बन्धमा अपेक्षित सुधार आई सो हर्ष अब यथार्थमा परिणत हुने पनि रुसी विदेश मन्त्री सर्गेइले बताए । 
 
रुसी संसदलाई दिएको सम्बोधनका क्रममा उनले रुस र अमेरिकाबीच रहिआएको पुरानो र ऐतिहासिक सम्बन्ध पुनः नयाँ शिरा न्यु रिसेट) बाट नवीकरण हुनेमा कुनै भ्रम, चिन्ता नरहेको, यस विषयमा कुनै पनि नकारात्मक सोच वा शङ्का राख्नै नपर्ने बताए । 
 
विदेश मन्त्री सर्गेइको विशेष शब्द न्यु रिसेटले रुस तथा अमेरिकाबीच रहँदै आएको सम्बन्धलाई एक नयाँ शिराबाट जीवन्तता प्रदान गर्न मार्ग प्रशस्त गर्ने विषयमा सन् २००९ मा तत्कालीन रुसी राष्ट्रपति डिमित्री मेद्भेदेभ तथा निवर्तमान अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच भएको छलफलले पहिल्याएका तथ्यहरुलाई औँल्याएको छ । 
 
तर, उक्त छलफलले निष्कर्ष निकालेका तथ्यहरु विभिन्न कारणबस छोटो समय मै बिलिन भएर गई कार्यान्वयन हुन पाएनन् । 
 
रुसी विदेश मन्त्रीको भनाइमा रुसले अमेरिकासँगको सम्बन्ध सुधारको आधार सन् २००९ मा भएको सो छलफल तथा समझदारीलाई बनाउन खोजेको छ । तर, यस विषयमा राष्ट्रपति ट्रम्पले भने मुख खोलेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ