arrow

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराई नजिक रहेकाले आज देशभर मौसम बदली रहनेछ। देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थानमा र मधेस प्रदेशलगायत अन्य प्रदेशका तराई भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा को पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति देशभर पूर्ण बदली रहनेछ। मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी, मधेस, कोशी र बागमती प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। गण्डकी प्रदेशका पहाडी र तराई साथै लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा पनि भारी वर्षा को सम्भावना रहेको महाशाखाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ