arrow

भूकम्पपीडितको पीडा, दुई जाडो आकाश ओढेर बित्यो

मानवीय क्षति बेहोरेकालाई निःशुल्क नक्सा

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
melamchi-earthquake.jpeg
मेलम्ची । मानवीय क्षति व्यहोरेका, अपाङ्ग, आर्थिक अवस्था कमजोर भएका, एकल तथा विपन्न वर्गका भूकम्पपीडितले निःशुल्क नक्सा पाउने भएका छन् । युएनडिपीको सिडिआरपी कार्यक्रमअन्तर्गत पुल्चोक इन्जिनियर कलेज तथा जापान सरकारको सहयोग र मेलम्ची नगरपालिकाको समन्वयमा निःशुल्क नक्सा वितरण गर्न लागिएको मेलम्ची नगरपालिकाका कार्यकारी प्रमुख पूर्णप्रसाद दुलालले जानकारी दिए । 
 
मेलम्ची नगरपालिकाको १५ वडामध्ये प्रत्येक वडा कार्यालयले माथि उल्लिखित वर्गका भूकम्प पीडितको पहिचान गरी सिफारिस गरेका न्यूनतम आठ परिवारले भूकम्प प्रतिरोधात्मक आवास निर्माणका लागि निःशुल्क नक्सा पाउने दुलालले उल्लेख गरे । 
 
दुलालका अनुसार गरिब तथा एकल महिला लगायतका भूकम्पपीडितले शुल्क तिरेर घरको नक्सा बनाउन नसक्ने भएपछि नगरपालिकाको पहलमा पीडितलाई सहयोग गर्न यस्तो योजना अघि सारिएको हो । 
 
मेलम्ची क्षेत्रमा इन्जिनियरहरु नभएका कारण युएनडिपीको सहयोगमा पुल्चोक इन्जिनियरिङ कलेजका इन्जिनियरहरुसँग सहयोग लिएर नक्सा बनाउन लागिएको हो । 
 
बुधबारदेखि ३० जना इन्जिनियरको टोलीले मेलम्चीमा शिविर खडा गरी नक्सा बनाउने कार्य सुरु गरेका छन् । 
 
वडाले सिफारिस गरेका भूकम्पपीडितले आफ्नो सम्पूर्ण कागजपत्र तथा वडाकोे सिफारिसपत्रसहित शिविरमा सम्पर्क गरेपछि इन्जिनियरले पीडितको आवास निर्माण गर्न योग्य स्थानको छनोट गरी नक्सा बनाइदिने नगरपालिकाको इन्जिनियर राजेश शर्माले बताए । 
 
बुधबार मात्र दुई जनाको १० वटा टोली सर्वेक्षणका लागि नगरपालिकाको शिखरपुर, तालामाराङ लगायतका विभिन्न गाउँमा पुगेका थिए । 
 
तीन दिनसम्म चल्ने उक्त कार्यक्रम अन्तर्गत लागि वडाले माथि उल्लिखित वर्गको पहिचान गरी नक्सा बनाउनका लागि सिफारिस गर्नेछ । 
 
नगरपालिकाभित्र पनि भौगोलिक हिसाबले विकट ठाउँहरु रहेकाले पीडितसमक्ष पुग्न र सर्वेक्षण गरेर फर्कन समय लाग्ने देखिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ