arrow

भारतीय जहाजमा 'एयर मार्शल' नरहेको मन्त्रालयको स्पष्टोक्ती (प्रेस बिज्ञप्ती)

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
Indian-Aircraft1.jpeg
काठमाडौं। भारतीय जहाजमा एयर मार्शल राख्न दिने भन्ने समाचार प्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ। 
 
मन्त्रालयका सहसचिवको नेतृत्वमा आठ सदस्यीय वार्ता टोली हवाई रुट, हवाई विन्दु र हवाई क्षेत्रको उपयोग सम्बन्धी बिषयमा छलफल गर्न भारत गाएको थियो। उक्त बैठकमा एजेण्डामा नभएको बिषय 'ईन फ्लाईट सेक्युरिटी अफिसर' प्रवेश गराएको थियो।
 
नेपाली पक्षले यो बिषय उच्च राजनैतिक स्तरबाट समाधान गर्नु पर्ने भन्दै नेापलको नागरिक उड्डयन सुरक्षा नियमावली, २०७३ को प्रावधान पुरा गर्न भारतीय पक्षलाई सुझाव गरेको र सोही अनुरुप समझदारी पत्र तयार भएकोमा अन्य अर्थ लाग्ने समाचारहरु नेपाली मिडियामा आएकोमा ध्यानाकर्षण भएको जनाएको छ। 
 
नागरिक उड्डयन सुरक्षा नियमावली २०७३को नियम ३४को उपनियम (७)मा कुनै बायुयानभित्र "इन फ्लाईट सेक्युरिटी अफिसर' राख्नु पर्ने भएमा सम्बन्धित वायुसेवा संचालन संस्थाको सिफारिस सहित गृह मन्त्रालयको स्विकृति लिनुपर्ने ब्यवस्था रहेको र उक्त अफिसरलाई रात्री विसान गर्न दिने व्यवस्था रहेको छैन्। 
 
उच्च राजनैतीक स्तरमा छलफल नभइ समझदारी पत्रका बुँदाहरु कार्यन्वयन हुने अवस्था नरहेको पनि मन्त्रालयले जनाएको छ। 
 
Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ