arrow

अदालतको आदेश लत्याउँदै महानगरपालिकाद्वारा नक्सा स्वीकृति

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
Metropolitan_Office-1_KTM.jpg.jpeg.jpeg
काठमाडौं। काठमाडौंको सिंहदरबार अगाडि रहेको खप्तड बजारमा भनेका अबैधानिक भौतिक संरचनाको निर्माण स्वीकृति दिने सम्बन्धमा काठमाडौं महानगरपालिकाले अदालतको समेत धज्जी उडाएको भेटिएको छ। सर्वाच्चले विवादास्पद भनेर कुनैपनि भौतिक संरभना पुनर्निर्माण नगर्न दिएको आदेशको धज्जी उडाउने गरी काठमाडौं महानगरपालिकाले खप्तड बजारमा बनेका भवनहरुलाई नक्सा स्वीकृति दिएको भेटिएको छ। 
 
आजभन्दा ३ महिना अगाडि नै खप्तड (भृकुटीमण्डप) बजारमा निर्माण भएका भौतिक संरचनाको नक्सा पास भईसकेको महानगरपालिकाको नक्साशाखाका एक अधिकारीले नाम नबताउने शर्तमा भने। उनका अनुसार गत कात्तिकको अन्तिम साता सो स्थानमा बनेका भवनहरुको नक्सा स्वीकृत भईसकेको छ। 
 
महानगरपालिकाले भवन निर्माणको लागि नक्सा पास गरेको उक्त बजार अदालतको नजरमा भने अबैधानिक रहेको छ। यसको स्वामित्वमा समेत विवाद रहेको उक्त जग्गामा स्वामित्वको विषयमा कुरा नमिलेसम्म कुनैपनि भौतिक संरचना निर्माण नगर्नको लागि सर्वोच्च अदालतले २०७२ साल पुष ८ गते सर्वोच्च अदालतका न्यायाधीषद्वय प्रमोद कुमार श्रेष्ठ बैद्य र डिल्लीराज आचार्यको संयुक्त इजलासले सो स्थानमा घर टहरा बनाउन आवश्यक पर्ने नक्सा पास नहुँदै निवेदकले आरम्भ गरेको निर्माण कार्य रोक्न सम्बन्धित पदाधिकारी एवं निकायको नाममा आदेश जारी गरेको छ। घरजग्गा निर्माण गर्ने नक्सा रोक्ने निकाय भनेको काठमाडौं महानगरपालिका हो । तर महानगरपालिकाले भने अदालतको आदेशको ठीक विपरित हुनेगरी सो बजारमा भौतिक संरचना निर्माणको लागि आजभन्दा ३ महिना अगाडि अनुमति दिएको हो । जुन अदालतको आदेश आएको ठीक ११ महिना पछि हो । 
 
सचिवले ४ पटकसम्म दिएको निर्देशन पनि कार्यान्वयन भएन 
उता, यस विषयमा दिईएको स्वीकृति खारेज गर्नको लागि स्थानीय विकास मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले दिएको निर्देशन पनि काठमाडौं महानगरपालिकाका उच्च अधिकारीहरुले नमानेको गुनासो सचिव आफैंले गरेका छन् । यस विषयमा सचिव अधिकारीले  पनि कडाईका साथ प्रस्तुत नहुँदा महानगरपालिकाका केही अधिकारीहरुको कामले महानगरको गरिमा माथि नै प्रश्न चिह्न उठ्न थालेको छ। यसरी गैरकानूनी रुपमा कार्य गर्नेहरुमा काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङ, महानगरप्रहरीको क्षेत्रीय प्रहरी इन्चार्ज विष्णु बहादुर जोशी, नक्सा शाखाका प्रमुख र नक्सा शाखाका अन्य इन्जिनियरहरु, खप्तडका सञ्चालक राम थापा, रविन्द्र पौडेलको समेत मिलेमतोमा यस्तो गरिएको बुझिन आएको छ । 
 
महानगरको गोप्य स्रोतका अनुसार अहिले नक्सा रद्द गर्नै कि के गर्ने भन्ने विषयमा आर्थिक प्रलोभनमा परेकाहरुबीच बहस चलिरहेको छ । भने नक्सा रद्द गर्ने पक्षमा लगभग कुराकानी समेत मिल्न लागिसकेको बुझिन आएको छ । तर, सकेसम्म कुरा बाहिर नआएको खण्डमा भने यसलाई त्यसै लुकाउने पक्षमा यो समूह रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ