arrow

ट्रमा सेन्टरमा अनियमितता भएको भन्दै कारबाहीको मागसहित उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
trauma-badri-rijal.jpg

काठमाडौँ । देशकै एकमात्र राष्ट्रिय ट्रमा सेन्टरमा ब्यापक आर्थिक तथा प्रशासनिक अनियमितता भएको भन्दै कारबाहीका लागि विभिन्न सम्बन्धित निकायमा उजुरी परेको छ । 

हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मातहतमा रहेको सेन्टरमा मोटो रकम लिएर कर्मचारी भर्ती गर्ने केन्द्र बनाएको र मेडिकल माफियाको मिलेमतोमा उपकरणलगायत सामान महङ्गोमा खरिद गर्दै कमिशन खाने अड्डा बनेको  भन्दै उजुरी परेको हो । 

यस विषयमा गत मंगलबार प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ,स्वास्थ्य विभाग र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेको हो । 

उजुरीमा सेन्टरका प्रमुख  (प्रमुख मेडिकल सुपरिटेन्डेन्ट) डा बद्री रिजालले गत हप्ता मात्रै एक दर्जन भन्दा बढी  कर्मचारी बिना दरबन्दी भर्ना गरी आर्थिक चलखेल गरेको आरोप लगाइएको छ । उक्त उजुरीमा 'स्वास्थ्य मन्त्रालयबाट सिफारिस भएर आएकाहरूसँग पनि माथिबाट भनेर मात्रै कहाँ हुन्छ  यहाँ पनि मिलाउन पर्छ उता नभन्नु भन्दै अस्पतालकै  एक बिचौलीमार्फत रकम असुल्ने गरेको आरोप लगाइएको छ । 

सरकारको ११ औँ तहका कर्मचारी तथा कार्यालय प्रमुख डा रिजाल नेपाल मेडिकल एसोसिएसनका उपाध्यक्ष हुन् । उनीमाथि  गैरकानूनी तथा अवैध  रूपमा निजी अस्पतालमा करोडौँ रुपैयाँ लगानी गरी  नियम विपरीत कार्य गरेकोसमेत आरोप छ । 

उजुरीमा उनको काठमाडौँको गंगबुमा रहेको अल नेपाल हस्पिटल प्रालि रहेकोसमेत उल्लेख छ । डा रिजालले कर्मचारी भर्ना,  उपकरण खरिदमा अनियमितता र निजी अस्पतालमा अवैध लगानी गरेको निवेदनका सम्बन्धमा प्रधानमन्त्री कार्यालयले साउन २८ गते नै कारबाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ । 

नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५९, नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को नियम ११२, निजामती सेवा ऐन २०४९ दफा ४८ अनुसार कुनै पनि सरकारी कर्मचारीले आफ्नो नाममा व्यापार सञ्चालन गर्न नपाउने उल्लेख छ । 

कुनै पनि राष्ट्र सेवकले आफ्नो वा अरुको नाममा कुनै पनि कम्पनी, फर्म वा संस्थाको हिस्सेदार भएमा कसूर बमोजिम कारबाही हुने व्यवस्था भ्रष्टाचार निवारण ऐन २०५९ दफा १४ मा उल्लेख छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ