काठमाडौं। पत्रकार पुष्प दुलाललाई पितृ शोक पितृ शोक परेको छ । नेपाल प्रेस युनियनका पार्षद तथा क्लिकमाण्डौं डटकममा कार्यरत आर्थिक पत्रकार पुष्प दुलाललाई पित्रृशोक परेको हो। दुलालका पिता तेह्रथुम ओयाङजुङ ३ निवासी ६५ बर्षीय लिलानाथ दुलालको बिहिवार उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो।
दुलाल केहि समयदेखि प्याङक्रियाजको क्यान्सरबाट पिडित हुनुहुन्थ्यो । दुलालका श्रीमती, ३ छोरा र एक छोरी रहेका छन् । उहाँको अन्तिम संस्कार तेह्रथुममा हुने छोरा पुष्प दुलालले जानकारी दिएका छन्।
नेपाल प्रेस युनियनका महासचिव अजय बाबु शिवाकोटीले एक विज्ञप्ती निकाल्दै पत्रकार पुष्प दुलालका पिताको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। शिवाकोटीले शोक वक्तव्यमा युनियनका तर्फबाट शोक सन्तप्त पुष्प सहितका दुलाल परिवारजनमा समवेदना व्यक्त गरेका छन्।