arrow

देउवाले भने–खुमबहादुरलाई उपसभापति बनाउने विषय मेरो व्यक्तिगत इच्छाको कुरा होइन

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
sher-bahadur--neya-pic.jpeg

दाङ । काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टी भित्रको आन्तरिक गृहकार्यपछि मात्रै उपसभापति मनोनयनको विषय टुंगिने बताएका छन् । प्रेस युनियन दाङले बिहीबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा देउवाले भने, ‘खुमवहादुर जीलाई उपसभापति मनोनयन गर्ने विषय  मेरो व्यक्तिगत इच्छाको कुरा होइन, पार्टीको निर्णयले जे भन्छ, त्यही हुने हो ।’ त्यसबारे छलफल हुन बाँकी नै छ ।

वुधबार सार्वजनिक कार्यक्रममै खुमबहादुर खड्कालाई पार्टी उपसभापति मनोनयनमा पछि पारेको भन्दै देउवाविरुद्ध नाराबाजी भएको थियो । सोही जिज्ञासा विहिबार पत्रकारहरुले राखेका हुन् । वुधबार देउवाले सम्बोधन गर्दै गर्दा कार्यक्रम स्थलमै केही कार्यकर्ताले ‘खुमबहादुर दाई जिन्दावाद’ भन्दै नारा लगाएका थिए । पार्टी उपसभापति चयनमा देउवाले खड्काप्रति घात गर्न खोजेकोे भन्दै विरोधमा कार्यकर्ताले खड्काको नाम लिएर नारा लगाएका हुन् ।

देउवाले बोल्न सुरुगरेलगत्तै नाराबाजी चर्कीएको थियो । विरोधी समूहलाई प्रहरीले बलपूर्वक निकालेपछि मात्रै देउवाले बोल्न पाएका थिए । पार्टी सभापति भएपछि पहिलो पटक खड्काको गृह जिल्ला दाङ पुगेका देउवालाई कार्यकर्ताले उपसभापति मनोनयनका लागि दबाब दिन नाराबाजी गरेका बताइएको छ ।

१५ दिनभित्र निर्वाचन
अबको १५ दिनभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा हुने बताएका छन् । सभापति देउवाले निर्वाचनको मिति घोषणाको नयाँ डेटलाइन सुनाएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले १५ माघ भित्रै निर्वाचनको मिति घोषणा गर्ने बताएकामा पुनःसंरचना आयोगको प्रतिवेदन परिमार्जनको कुरा उठेपछि तत्काल मिति घोषणाको सम्भावना टरेको छ ।

देउवाले भने, ‘अबको १० देखि १५ दिनभित्र तीनै तहको निर्वाचन गर्ने गरी मिति घोषणा हुन्छ ।’ २०७४ माघ ७ भित्रमा तीनै तहको निर्वाचन गरिसक्ने देउवाको भनाई छ । श्वास स्थानीय निर्वाचन संविधान कार्यान्वयनको उत्तम बाटो भएको भन्दै देउवाले अब  स्थानीय निर्वाचन भइछाड्ने जिकिर गरे । देउवाले नेपाली राजनीतिमा देखिएको गतिरोध तत्कालै अन्त्य हुने जिकिर समेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ