arrow

विधिको शासन नै लोकतन्त्रको आत्मा हो: कानूनमन्त्री चौरसिया

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
ajaya-chauresia.jpg

काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधिको शासन नै लोकतान्त्रिक व्यवस्थाको आत्मा भएको बताएका छन्। मुलुकी संहिता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले समाजमा शान्ति, सुव्यवस्था र न्यायका लागि कानून नै मूल आधार रहेको बताए।

मन्त्री चौरसियाले मुलुकी संहिताहरू विधिको शासन कायम गर्नका लागि कोशेढुङ्गा भएको उल्लेख गरे। उनले संविधान र कानूनमा परिमार्जनको आवश्यकता रहेको भन्दै अग्रिम जमानत, फौजदारी कार्यविधि संहिता र देवानी संहिताका केही विषयहरू संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकेको जानकारी दिए।

उनले कानून एक गतिशील सामाजिक प्रक्रिया भएकाले समाजको आवश्यकताअनुसार यसलाई परिमार्जन र सुधार गर्नुपर्नेमा जोड दिए। साथै, उनले कानून मन्त्रालय र कानून आयोगमा अन्य केही विषयमा पनि काम भइरहेको र ती विषयहरू पनि समेटेर संशोधनको प्रस्ताव अगाडि बढाइने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ