मनसुन कमजोर भए पनि देशका केही भागमा भारी वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
487
Shares
काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, नेपालमा मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले मनसुन केही कमजोर भएको छ। यद्यपि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर भित्रिरहेको छ।
आज (सोमबार) देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, मधेश, र लुम्बिनी प्रदेशको तराई तथा पहाडी भेगमा, साथै देशका अन्य पहाडी भू-भागका केही स्थानमा र बाँकी तराई भेगका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। यसैगरी, लुम्बिनी प्रदेशको तराई र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको छ।
आज राति कोशी र मधेश प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ।
मधेश र कोशी प्रदेशको पहाडी तथा तराई भू-भागमा, साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी प्रदेशको तराई भू-भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।