arrow

पहिरोले मदन भण्डारी राजमार्ग अवरुद्ध, सवारी साधन रोकिए

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
pahiro-gulmi.jpg

गुल्मी। वर्षाका कारण पहिरो जाँदा मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास-रिडी सडकखण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, रेसुङ्गा नगरपालिका-१३ स्थित भँगाडी खोला नजिकै पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो।

सडक खुलाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिएका छन्। रेसुङ्गा नगरपालिकाले पनि पहिरो हटाउनका लागि आवश्यक उपकरण पठाइसकेको नगर प्रमुख खिलध्वज पन्थीले बताएका छन्।

सडक अवरुद्ध भएपछि सदरमुकाम तम्घासबाट बाहिरिने र भित्रिने सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। अहिले सडक खुलाउने काम तीव्र गतिमा भइरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ