arrow

प्रतिनिधि सभा

उपसभामुख हटाउने प्रयास लोकतन्त्रका लागि खतरा: रास्वपा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
santosh-pariyar.jpg

 काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानालाई हटाउन नेपाली काँग्रेस र नेकपा (एमाले) ले हस्ताक्षर संकलन गरेको भन्दै आपत्ति जनाएको छ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसद र संवैधानिक निकायमाथि अपमान गरिरहेको आरोप लगाए। उनले बालुवाटार र सिंहदरबारमा भएको प्रदर्शनले सम्मानित सदनलाई चोट पुर्‍याएको टिप्पणी गरे।

परियारले उपसभामुखजस्तो जिम्मेवार पदमाथि भएको अवमूल्यनलाई लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा भएको बताए। उनले नेपाली काँग्रेसका नेताहरूलाई बीपी कोइरालाको आदर्श र एमालेका नेताहरूलाई मदन भण्डारीको दृष्टिकोण स्मरण गर्न आग्रह गरे।

“एउटा जनजाति महिलाको सम्मान होस् भनेर हामीले सदनमा भित्र्याएका हौँ,” उनले भने, “सांसदको विवेकलाई बन्दी नबनाऔं, सांसद आफैँमा सार्वभौम हो।” उनले कार्यपालिकाबाट व्यवस्थापिकामाथि भइरहेको निरन्तरको आक्रमण अब टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ