arrow

प्रतिनिधि सभा

कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्था जानकारी गराउन माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
parliament-82-3-10tt.jpg

काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका नेपालीहरूको शव स्वदेश फिर्ता गर्ने प्रक्रिया र उपचाररत कामदारहरूको स्वास्थ्य अवस्थाबारे सरकारसँग जानकारी मागेका छन्।

बैठकको आकस्मिक समयमा बोल्दै सांसद रमा कोइराला पौड्यालले विषादीयुक्त मदिरा सेवनबाट १२ जनाको निधन भएको र केही व्यक्ति सघन उपचार कक्षमा रहेको भन्दै सरकारले सदनलाई विस्तृत जानकारी दिनुपर्ने माग गरिन्। उनले यस घटनापछि कुवेत सरकारले नेपाली कामदारमाथि धरपकड सुरु गरेकोले उनीहरूको अवस्थाबारे सोधीखोजी गर्नुपर्नेमा जोड दिइन्।

यसैगरी, सांसद जनार्दन शर्माले पनि मृत्यु भएकाहरूको शव नेपाल ल्याउनका लागि भइरहेका प्रक्रिया र उपचाररतहरूको स्वास्थ्य अवस्थाबारे संसद्लाई जानकारी गराउन आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ