पहाडी जिल्ला बैतडीमा डेंगी जोखिम, सात जनामा सङ्क्रमण पुष्टि
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
735
Shares
बैतडी। बैतडी जिल्लामा पनि डेंगी सङ्क्रमणको जोखिम बढ्दै गएको छ। स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार, हालसम्म जिल्लाका विभिन्न नगरपालिकामा गरी सात जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ। दशरथचन्द नगरपालिकामा तीन, पुर्चौडी नगरपालिकामा दुई र मेलौली तथा पाटन नगरपालिकामा एक-एक जना सङ्क्रमित भेटिएका छन्।
डेंगीको जोखिम बढ्न थालेपछि यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ। यो अभियान जिल्ला सदरमुकाम र पाटन बजारबाट सुरु भएको छ, जसमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयहरूको सहभागिता छ।
यसैगरी, दोगडाकेदार गाउँपालिकाले पनि डेंगी नियन्त्रणका लागि हरेक शुक्रबार सरसफाइ अभियान चलाइरहेको छ। यो अभियान तीन महिनासम्म जारी रहनेछ।