arrow

आठ वर्षअघि सम्झौता भएको ६९ किमी रेलमार्ग निर्माण अझै सकिएन

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
rail-janakpur.jpeg
धनुषा । जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्ग भए पनि निर्माणको काम विभिन्न कमजोरीका कारण समयमा हुनसकेको छैन । भौतिक निर्माण तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले एक वर्ष भित्रमा जयनगरदेखि जनकपुरसम्म रेल चलाउन निर्देशन दिएपनि रेल सञ्चालन हुने अवस्था देखिँदैन । 
 
सन् १९९४ सालदेखि सञ्चालनमा आएको जनकपुर–जयनगर–विजलपुरा रेल सेवा अहिले बन्द छ । तीन वर्षअघि भारतीय सीमावर्ती क्षेत्र जयनगरदेखि जनकपुरसम्म ब्रोडगेज रेलमार्ग निर्माणको काम सुरु गरिए पनि विभिन्न प्राविधिक र निर्माण कार्यमा भएको ढिलाइले काम समयमै सकिने छाँटकाँट नदेखिएको नायक इन्फ्रास्ट्रक्चर लिमिटेड, असम, भारतका प्रोजेक्ट म्यानेजर आदित्य सेनापतिको भनाइ छ । 
 
जयनगरदेखि महुवासम्मको २७ किलोमिटरमा माटो, ग्राभेल बिछ्याउनुका साथै पुलपुलेसाको निर्माणको जिम्मेवारी पाएका ठेकेदारले सरोकारवालाले निर्माण सामग्री ढुवानीको वातावरण नबनाएका कारण एक वर्षभित्र काम पूरा नहुने बहाना बनाउँदै आएका छन् । 
 
जम्मा ६९ किलोमिटरको यो रेलमार्ग निर्माणका लागि भारत सरकारले भारु पाँच अर्ब ५० करोड सहयोग गरेको छ । 
 
रेल सेवा बन्द भएपछि धनुषा, महोत्तरीलगायत सीमावर्ती क्षेत्रका स्थानीयवासी यातायातको सुविधाबाट वञ्चित हुनुपरेको धनुषा लखौरीका स्थानीयवासी सुनिल सिंह बताउँछन् । 
 
त्यसैगरी, रेलसेवा बन्द हुँदा भारत नेपाल बीचको द्विदेशीय पारवहनसमेत प्रभावित भएको छ । 
 
विभागीय मन्त्रीलगायत सरोकारवालाले एक वर्षभित्र रेल सञ्चालनमा ल्याउने आश्वासन मात्र बाँड्नेभन्दा तोकिएको समयमा काम सम्पन्न गर्नेतिर ध्यान दिन जरुरी देखिएको स्थानीय बताउँछन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ