arrow

मौसमले दियो चुनौती, देशभर बदली, विभिन्न ठाउँमा वर्षा

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
mausam.jpg.jpeg
काठमाडौं । केही दिनदेखि सुधारिएको मौसमले एक्कासी चुनौती दिएको छ । काठमाडौं उपत्यकामा सिमसिम वर्षा भएको छ । रातभर बादल लाग्दा काठमाडौं उपत्यकामा शुक्रबार बिहान चिसो बढेको छ भने घाम लाग्ने स्थिति छैन ।
 
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभर बदली हुने जनाएको छ । मौसमविद् विभूती पोखरेलले पश्चिमी वायुले गर्दा विभिन्न स्थानमा वर्षा भइसकेको र अझै वर्षा हुने जनाएकी छिन् । केही हिमाली भेकमा हिमपातसमेत हुने देखिएको छ । 
 
पोखरेलका अनुसार राति पनि केही पूर्वी तथा मध्यमाञ्चलमा वर्षा हुने छ । पश्चिममा भने साँझदेखि नै सुधारको क्रम देखिने छ । तर काठमाडौं उपत्यकामा मौसममा सुधार हुन शनिबार नै कुर्नुपर्नेछ । 
 
एक्कासी मौसममा देखिएको बदलीले भने जनजीवनमा असर परेको छ । काठमाडौंको न्यूनतम तापक्रम ९.४ डिग्री रहे पनि घाम नलागेकाले औधी चिसो महसुस गरिएको छ । 
 
धनगढीमा सबैभन्दा बढी ७ मिलिमिटर वर्षा भएको छ भने डडेलधुरामा ६, दिपालयमा ५, जुम्ला र विराटनगरमा २–२, नेपालगञ्जमा १ तथा दाङमा ०.३ मिलिमिटर वर्षा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ