arrow

बैतडीमा महिला र बालबालिका हराउने क्रम बढ्दो, तीन वर्षमा ५२ जना अझै बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
cdo-office-baitadi.jpg

बैतडी । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा महिला र बालबालिका हराउने क्रम बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार, पछिल्लो तीन वर्षमा हराएकामध्ये ५२ जनाको अवस्था अझै अज्ञात रहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै १२२ जना बेपत्ता भएकामा ३६ जना अझै फेला परेका छैनन्। बेपत्ता हुनेमा महिला र बालबालिकाको सङ्ख्या बढी रहेको प्रहरीले जनाएको छ। गत आर्थिक वर्षमा ५५ महिला, २७ बालक र २९ बालिका गरी कुल १११ जना बेपत्ता भएको निवेदन प्रहरीमा परेको थियो।

बेपत्ता हुनेका कारण र चुनौतीहरूमा खुला सीमाना प्रमुख रहेको छ। धेरैजसो व्यक्तिहरू भारततर्फ जाने र उतै बस्ने गरेको पाइएको छ। यसका साथै, सामाजिक सञ्जालको दुरुपयोगले पनि बेपत्ता हुनेको सङ्ख्या बढेको प्रहरीको भनाइ छ। बेपत्ता भएका कतिपय मानिसहरू फेलापरे पनि प्रहरीलाई जानकारी नदिँदा तथ्याङ्क बढ्दै गएको प्रहरीले जनाएको छ।

प्रहरीले सीमा नाकाहरूबाट जोखिममा परेका नागरिक, विशेषगरी सानै उमेरमा भारत जान खोज्ने बालबालिकाहरूको उद्धार गरी आफन्तको जिम्मा लगाउने काम पनि गर्दै आएको छ। गत आर्थिक वर्षमा पाँच महिला, दुई बालक र तीन बालिकाको उद्धार गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ