arrow

मौसम खराबीले राष्ट्रपति भण्डारी चढेको हेलिकोप्टर भालुब्वाङमा अवतरण

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
helly-e.jpeg

काठमाडौं । मौसम खराबीले अगाडि जान नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारी चढेको हेलिकोप्टर दाङको भावुव्वाङमा अवतरण गराइएको छ । दाङ प्रमहरी प्रमुख एसपी धिरजप्रताप सिंहले कुहिरो लागेको र पानी परिरहेकाले धनगढी जानुपर्ने केलिकोप्टर अघि बढ्न नसकेर अवतरण नै गराइएको बताए ।

एसपी सिंहले यसलाई आकस्मिक अवतरण भन्न नमिल्ने बताएका छन् । कुहिरो लागेको ठाउँमा भीआइपी बोकेर स्वभावैले उड्नु राम्रो नहुने भन्दै सशस्त्रको बेसक्याम ज्वालामाई गणमा हेलिकोप्टर अवतरण गराइएको सिंहले जानकारी दिए । 

शिवनगरमा निर्माण भएको खानेपानी आयोजना र बौनिमायामा आयोजित बर्दगोरिया महोत्सवको उद्घाटन गर्न राष्ट्रपति भण्डारी सेनाको हेलिकोप्टरमा कैलाली उडेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ