arrow

प्रतिनिधि सभा श्रममन्त्री

छ लाखभन्दा बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
sarad-shindhs-.jpg

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले हालसम्म ६ लाखभन्दा बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको जानकारी दिएका छन्। प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यो जानकारी दिएका हुन्।

उनका अनुसार, हालसम्म औपचारिक क्षेत्रका २१ हजार ३९२ रोजगारदाता र करिब ६ लाख १३ हजार ७१८ श्रमिक कोषमा आवद्ध भएका छन्। स्थानीय तहसँगको सहकार्यमा अनौपचारिक क्षेत्रका ७७६ श्रमिक र ४७६ स्वरोजगार व्यक्ति पनि कोषमा आवद्ध भएका छन्।

मन्त्री भण्डारीले हालसम्म १८ लाख ३५ हजार ६०४ जना वैदेशिक रोजगारीमा जाने श्रमिक कोषमा आवद्ध भएको उल्लेख गर्दै सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गर्ने सरकारको लक्ष्य रहेको बताए। उनले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कोषमा अनिवार्य आवद्ध हुने व्यवस्थाले रोजगारी सुरक्षित हुनुका साथै श्रमिकका परिवारलाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।

आन्तरिक रोजगारी सिर्जना गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताउँदै उनले सबै प्रकारका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सहयोग गर्न सबैसँग आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ