arrow

संवैधानिक परिषद्को निर्णय : शाह, पौडेल र दाहाल निर्वाचन आयुक्त सिफारिस

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
elect.jpg.jpeg

काठमाडौं । संवैधानिक परिषद्ले निर्वाचन आयोगमा तीन आयुक्त नियुक्तिकाे सिफारिस गरेको छ । सिंहदरबारमा बसेका संवैधानिक परिषद्को बैठकले सुधिर शाह, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहाललाई आयुक्त नियुक्तिकाे सिफारिस गरेको स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

सरकारले स्थानीय तह निर्वाचनका लागि आवश्यक प्रबन्ध मिलाउन रिक्त ठाउँमा आयुक्त नियुक्तिकाे सिफारिस गरेको हो । केही दिन अघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई बालुवाटार बोलाएर निर्वाचनका लागि आवश्यक प्राविधिक पक्षबारे सोधेका थिए । भेटका क्रममा प्रमुख आयुक्त यादवले आयोगमा आयुक्तहरु नै नभएको भन्दै तत्काल व्यवस्था गर्न भनेका थिए । यादवले सरकारले जति छिटो गर्‍यो त्यति छिटो निर्वाचन हुनै भन्दै सतर्क गराएका थिए ।

संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि संवैधानिक अायाेगका अायुक्तहरु राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ । आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित पाँच पदाधिकारी रहने व्यवस्थाअनुसार हाल प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र निर्वाचन आयुक्त इला शर्मा मात्रै छन् । सिफारिसकाे नियुक्तिपछि आयोगले पूर्णता पाउने छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी ओली, प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उपसभामुख यादव र मुख्य सचिव डा सोमलाल सुवेदी सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ