arrow

शहीद दिवसमा फहराउने झण्डा १० मिटर अग्लो, ८ किलो त कपडामात्रै

केपी ओली प्रमुख अथिति, राष्ट्रकवि विशिष्ट

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
lamo-flag-aa.jpeg

काठमाडौं । नेपाली देशभक्त यूवा समाजले रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालय भृकुटीमण्डपमा नेपालको इतिहासमै ठूलो राष्ट्रिय झण्डा सार्वजनिक गरेकोे छ । रिपोर्टर्स क्लबमा शुक्रबार सम्मेलन गरेर समाजका अध्यक्ष नारायण प्रसाद ढुङ्गाना, उपाध्यक्ष भोजराज तिमल्सिना, सदस्यहरु नवराज गौतम, राधिका सापकोटा लगायतले अहिलेसम्मकै ठूलो अर्थात १० मिटर अग्लो र साँढे सात मिटर चौडाई रहेको नेपालको राष्ट्रिय झण्डा सार्वजनिक गरेका हुन् ।

करिब आठ किलो वजन रहेको उक्त झण्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाईएको आयोजकले जनाएको छ । अध्यक्ष ढुँगानाका अनुसार सो झण्डा आउँदो १६ गते शहीद दिवसको अवसरमा काठमाडौंको माईतिघर मण्डलमा फहराईने छ । अध्यक्ष ढुङ्गनाले शहीदलाई सम्झनाका लागि शहीदगेट पुग्नैपर्छ भन्ने भावना हटाएर शहीदलाई मनदेखि सम्मान गर्नुपर्ने बताए ।

उनले भने, ‘देश बनाउनको लागि शहीदहरुको अमूल्य योगदान रहेको छ, सरकारले शहीद घोषणा गर्ने काममा ध्यान दिएको छैन । यसबारेमा राज्यले बिचार गरोस् ।’ एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्य तथा राष्ट्रकवि माधव प्रसाद घिमिरेको विशिष्ट आथित्यमा माइतीघर मण्डलामा सो झण्डा गाढीने आयोजकले जनायो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ