arrow

ओलीले हानेका झटाराहरुको किताब छापियाे

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
oli-g-new-kitab.jpeg

काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला गरिएका मुख्य सम्बोधनको सङ्गालो  ‘म प्रधानमन्त्री हुँदा’ पुस्तक लोकापर्ण भएको छ । प्रेस चौतारी नेपालले गरेको कार्यक्रममा एमाले अध्यक्ष ओली, एमाले नेता रघुवीर महासेठ, राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम, दिनेश सत्याल ‘सौरव’ चरण प्रसाईँ तथा पत्रकारद्वय कृष्णमुरारी भण्डारी र विजयकुमार पाण्डेले सयुक्तरुपमा  पुस्तकको लोकापर्ण गरे ।

सो अवसरमा अध्यक्ष ओलीले पुस्तकमा उल्लेख गरिएका कुरा देशको समस्या समाधान गर्न आएको बताए । ओलीले राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय एकता र देशको समृद्धि जस्ता कुरामा आफूले प्रश्न उठाउँदै आएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धमा यी कुरा सँगसँगै गाँसिएको सुनाए ।

ओलीले सार्वभौमसत्ता, स्वाधिनताको प्रश्नसँग मुलुक गाँसिएको उल्लेख गदै अध्यक्ष ओलीले पुस्तकमा आफ्ना अभिव्यक्तिलाई निष्ठापूर्वक व्यक्त गरेको बताए । एमाले नेता महासेठले पुस्तक भविष्यका पुस्ताका लागि महत्वपूर्ण भएको भन्दै ओलीले प्रधानमन्त्री भएको बेला राष्ट्रिय स्वाभिमानमा कुनै सम्झौता नगरेको बताए ।

लेखक सौरवले ओलीले आफ्नो पालामा देशको नेतृत्व कुसल तरिकाले निभाएको बताए । पत्रकार पाण्डेले ओलीले नेपालको बारेमा उठाएको मुद्दा कसैले पनि फाल्न नसक्ने बताउँदै अहिलेको परिस्थिति जटिल बनेको हुँदा यसबाट  मुलुकको निकास दिइने जिम्मेवारी बहन गर्न ओलीलाई आग्रह गरे ।

कृष्णमुरारी भण्डारीले देशलाई सङ्कटको बेला पार लगाएको हुनाले राजनेताको रुपमा ओली परिचित भएको भन्दै फुक्र्र्याए । ‘‘राजनेता सङ्कटको बेला चिनिन्छ, सङ्कटको परीक्षामा पास भएपपछि राजनेता स्थापित हुन्छ’ उनले भने, ‘ओली त्यही सङ्टकको बेला स्थापित हुनुभएको राजनेता हुुनुहुन्छ ।’

लेखक चरण प्रसार्इँले २०७४ माघ ७ गतेसम्म ओलीलाई प्रधानमन्त्री दिएको भए परीक्षक नेताको रुपमा चिनिने विचार राखे । एमाले केन्द्रीय मुख्यालयले प्रकाशन गरेको उक्त पुस्तक विष्णु रिमाल र शार्दुल भट्टराईले सम्पादन गरेका हुन् ।  पुस्तकमा ओलीले विभिन्न समारोहमा सम्बोधन गरेका सम्बोधनलाई विभिन्न पाँच अध्यायमा ५४ वटा लेख र एउटा अन्तर्वाता समेटिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ