arrow

उरन्ठेउला गीत गाउने गायक प्रकाश ओझालाई १० वर्ष जेल

सर्वोच्चले उल्ट्यायो पुनरावेदनको फैसला

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
news-aa-ojha.jpeg

काठमाडौं । सर्वोच्च अदालतले पुनरावेदनको फैसला उल्टाउँदै यौन काण्ड लागेका गायक प्रकाश ओझालाई १० वर्षको जेल सजाय सुनाएको छ । सर्वोच्चको फैसला कार्यान्वयन भन्दै प्रहरीले ओझालाई पक्राउ गरी जेल चलान समेत गरेको छ । सर्वोच्चले माघको पहिलो सातामै फैसला गरेको भए पनि ओझा पक्राउ परी जेल चलान भएपछि मात्रै सार्वजनिक भएको हो ।  

सर्वोच्चले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउँदै सुनसरी इटहरीका ओझालाई मानव बेचविखन तथा ओसारपसारको दुई मुद्दामा पाँ–पाँच गरी १० वर्ष जेल सजाय सुनाएको बताइएको छ । फैसला लगत्तै फरार भएका ओझालाई शंखमुलमा लुकेर बसेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी टोलीले पक्राउ गरेको हो । व्यूरोको टोलीले ओझा लुकिछिपी गीत रेकर्डिङको काम गर्दै आएका जनाएको छ ।

ओझालाई प्रहरीले शुक्रबार काठमाडौं जिल्ला अदालतमा पेश गरेकामा अदालतले केन्द्रीय कारागार सुन्धारा चलानको निर्णय दिएको छ । एक समय हास्य व्यंग्य र उरन्ठेउला गितले निकै चर्चामा आएका गायक ओझालाई २०५९ मा यौन काण्ड लागेको थियो ।

उनले नायिका बनाउने प्रलोभन देखाएर शारीरिक सम्बन्ध राखेकी युवतीले दुई वर्ष अघि आत्महत्या गरिन् । पीडित जेसिका ‘ज्योती’ खड्कासँगको शारीरिक सम्बन्धको भिडियो बनाएर ओझाले सार्वजनिक समेत गरेका थिए । यस्तै, उनले २०५९ सालदेखि लगातार २ वर्षसम्म डर त्रास देखाई तीन बालबालिकासँग पनि अप्राकृतिक योन क्रियाकलाप गरेका बताइन्छ ।

ती सम्बन्धको समेत ओझाले फोटो र भिडियो बनाई त्यसैको आडमा पटक–पटक यौन शोषण एवं अप्राकृतिक मैथुन गरेको अदालतको ठहर छ । उनले त्यतिमात्र नभई खिचिएका फोटोहरु वेबसाइटमा राखेर बेच्ने प्रयास समेत गरेको बताइँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ