arrow

रूसलाई शान्तितर्फ धकेल्ने जेलेन्स्कीकाे प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ९ सोमबार
volodymyr-zelenskyy.jpg
फाइल तस्बिर

किएभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रोकिएको कूटनीतिक प्रयासबिच रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको भेटवार्ता ‘सबैभन्दा प्रभावकारी बाटो’ हुने बताएका छन् । 

युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा गरेको टेलिभिजन सम्बोधनमा उनले पुटिनसँगको वार्तामा जोड दिएका हुन् ।

युक्रेनीहरूले आफ्नो स्वतन्त्रता दिवस मनाइरहँदा ‘युक्रेनमा रुसी आक्रमण’ चौथो वर्षमा प्रवेश गरेको छ। युद्ध जारी रहँदा आइतबार युक्रेनले रुसमाथि ड्रोन आक्रमण गरेको छ । क्रमणका कारण एक रुसी आणविक ऊर्जा संयन्त्रमा आगो लागेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन-रुस शिखर सम्मेलनका लागि मध्यस्थता गर्ने भन्दै युद्ध अन्त्यका लागि दबाब दिए पनि रुसले पुटिन र जेलेन्स्कीबीच तत्काल कुनै पनि भेटवार्ता हुन नसक्ने बताएपछि युक्रेनमा शान्तिको आशा क्षीण भएको छ तर जेलेन्स्कीले आइतबार पुटिनसँग द्विपक्षीय शिखर वार्ताको आह्वान गर्दै ‘नेताहरूबिचको वार्ताको ढाँचा नै सबैभन्दा प्रभावकारी बाटो भएको’ बताएका छन् । 

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले यसअघि पश्चिमा मुलुकहरूले वार्ता अवरुद्ध गर्ने बहाना’ खोजेको आरोप लगाउँदै जेलेन्स्कीले ‘कुनै पनि हालतमा तत्काल बैठकको माग’ गरेको भन्दै आलोचना गरेका थिए । 

जेलेन्स्कीले अमेरिकी राजदूत किथ केलोग र अन्य पश्चिमी अधिकारीको उपस्थितिमा आयोजित समारोहमा रूसलाई शान्तितर्फ धकेल्ने प्रतिबद्धता व्यक्त गरे । 

युद्धले दशौँ हजार मानिसको ज्यान लिइसकेको अवस्थामा रुसले हालै पूर्वी डोनेट्स्क क्षेत्रका दुई गाउँलाई शनिबार आफ्नो कब्जामा लिएर नयाँ प्रगतिको दाबी गरेको छ ।

युक्रेनी कमाण्डर इन चिफ ओलेक्सान्डर सिस्र्कीले आइतबार डोनेट्स्कमा रहेका अन्य तीन वटा गाउँलाई पुनः प्राप्त गरिएको बताएका छन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ